काठमाडौं, असार ५ । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले कोरोना संक्रमितको संख्याबारे आफ्नो फेसबुक पेज मार्फत अपडेट गराउँदै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
नयाँ थपिएका संक्रमितहरु बाग्लुङका १० जना, तनहुँका १७ जना र पर्वतका ५ जना छन्।
नायँ थपिएका संक्रमितमध्ये पर्वतका ५ जना पर्वत अस्पतालमा कार्यरत ३ जना महिला र २ जना पुरुडष स्वास्थ्यकर्मी हुन्। यस्तै अन्य संक्रमितहरु २४ देखि ६० वर्ष सम्मका ४ जना महिला र अन्य ११ वर्षका बालक देखि ५३ वर्ष सम्मका पुरुषहरु रहेका छन्।
यसअघि आजै बिहान पनि गण्डकी प्रदेशमा २४ जना नयाँ संक्रमित थपिएका थिए। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ।
Facebook Comments


























