काठमाडौं, असार ३ । बुधबार थप ९ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
सिरहामा उपचाररत ६ जना र नारायणी अस्पतालमा उपचाररत ३ जना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।
योसहित नेपालमा हालसम्म १ हजार १ सय ६७ जना उपचारपछि संक्रमणमुक्त भएका छन्।
नेपालमा सोमबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments


























