काठमाडौं, असार ३ । पासपोर्टका लागि जिल्ला प्रशासनले गर्ने सिफारिस परराष्ट्र मन्त्रालयले बुधबारदेखि रोकेको छ। कोरोना महामारीको समयमा पासपोर्ट बनाउने बहानामा काठमाडौंमा आउने संख्या बढ्ने आशंकासहित पासपोर्ट विभागले जिल्लाको सिफारिस रोकेको हो।
विभागसँग ५ लाख २० हजार स्टक पासपोर्ट रहेको महानिर्देशक रामकाजी खड्काले जानकारी दिए। मासिक ४० हजार पासपोर्ट जारी हुँदै आएकोमा लकडाउन पश्चात् पासपोर्ट बनाउनेको संख्या शुन्य जस्तै रहेको उनले बताए।
विभागले सरकारी कर्मचारी, सुरक्षा निकायका व्यक्ति र अत्यावश्यक कामका लागि जानेहरुका हकमा पासपोर्टको जारी रहने जनाएको छ।
Facebook Comments


























