असार २ । कोरोना भाईरसको महामारीबीच सुचारु स्पेनिस ला लिगा फुटबलमा सेभिया बराबरीमा रोकिएको छ। ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा सेभियाले लेभान्टेसँग १-१ गोलको बराबरी खेलेको हो।
लेभान्टेको मैदानमा ४६ औं मिनेटमा लुक डी जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए।
तर, खेलको ८७ औं मिनेटमा डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको थियो।
बराबरीसँगै लिगको तेस्रो स्थानमा रहेको सेभियाले २९ खेलमा ५१ अंक जोडेको छ। लेभान्टे ३५ अंक जोडेर १२ औं स्थानमा रहेको छ।
अर्को खेलमा रियल बेटिस र ग्रानडाले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।
३४ अंक जोडेको बेटिस १३ औं स्थानमा रहेको छ। ४२ अंक जोडेको ग्रानडा आठौं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























