बाँके, असार १ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा रहेको अगैया पुलबाट नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकृत, डीएसपी सुवास खड्काले दुईजना बेपत्ता भएको र एकजना बाँच्न सफल भएको बताए।
ना ७ त ५१८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ खस्दा चालकसहित २ जना वेपत्ता भएका हुन्।
वेपत्ताहरूको खोजी भइरहेको र विस्तृत विवरण आइनसकेको डीएसपी खड्काले बताए।
Facebook Comments


























