काठमाडौं, असार १ । सोमबार ओमानबाट १ सय ६६ जना समस्यामा परेका नेपाली स्वदेश फर्किँदैछन्। ओमानस्थित नेपाली दूतावासले यसका लागि ओमानको सलाम एयरको विमान चार्टर गरेको छ।
सो विमान दिउँसो साढे १ बजे काठमाडौं आईपुग्नेछ। यो विमानमा फर्किन यात्रुले ३६ हजार रुपैयाँ भाडा तिरेका छन्। जबकी नेपाल सरकारले पठाउन लागेको चार्टर्ड विमानको भाडा दुई पटक घटाउँदा पनि ४५ हजार रुपैयाँमा मात्रै झरेको छ।
आज फर्किनेहरुको साथमा पीसीर नेगेटिभ आएको रिपोर्ट छ। उनीहरु सीधै होम क्यारेन्टिनमा जानेछन्। सो विमानले एक जना मृत नेपालीको शब पनि ल्याउनेछ।
दूतावासले १ सय ८० जना नेपाली फर्किने गरी दोस्रो उडान असार ४ गते तय गरेको छ।
Facebook Comments


























