सर्लाही, असार १ । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बसबरिया गाउँपलिका(५ बस्ने ४३ वर्षीय नरेशकुमार रामको करेन्ट लागेर मृत्यु भएको हो।
चक्रघट्टा गाउँपालिका २ भेली बस्ने चन्सी साहको घर छाइरहेको अवस्थामा अचानक विजुलीको तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र बरहथवातर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए।
Facebook Comments


























