दमौली, असार १ । चापाघाटबाट श्रमिक बोकेर गइरहेको ट्याक्टर व्यास नगरपालिका–५ अलैँचेस्थित सडकबाट तल खस्दा त्यसमा सवार १३ जना घाइते भएका छन्। चापाघाटबाट मानहुँकोटतर्फ जाँदै गरेको ट्याक्टर भीरबाट खसेको प्रहरीको भनाइ छ।
श्रमिकहरु चढेको ट्याक्टर उकालोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सेनाले बताए। दुर्घटनामा परी घाइते भएकामध्ये अधिकांशको दमौली अस्पतालमा उपचार भइरहेको छ। गम्भीर तीन जनाको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
Facebook Comments


























