असार १ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ। अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड एथ्लेटिको बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो।
३७ औँ मिनेटमा मुनिएइनले गोल गर्दै एथ्लेटिको बिल्बाओलाई सुरुवाति अग्रता दिलाए। तर त्यसको दुई मिनेटपछि डिएगो कोस्टाले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल गरे।
उनले सन् २०२० मा पहिलो गोल गरेका हुन्। बराबरीपछि एथ्लेटिको मड्रिडको २८ खेलबाट ४६ अंक भएको छ र उ छैटौँ स्थानमा रहेको छ।
आइतबार राति नै भएको खेलमा रियल सोसिडाड र ओसासुनाले १–१ को बराबरी खेलेका छन्। एजेन्सी
Facebook Comments


























