जेष्ठ ३२ । ईन्टर मिलानलाई हराउँदै नापोली कोपा ईटालियाको फाईनलमा प्रवेश गरेको छ।
शनिबार राति भएको सेमिफाईनलको दोस्रो लेगमा १–१ को बराबरी खेल्दै समग्रमा २–१ को नतिजा सहित पाँच पटकको विजेता नापोली फाईनल प्रवेश गरेको हो।
पहिलो लेगको खेलमा नापोलीले १–० को अग्रता लिएको थियो।
सेमिफाईनलको दोस्रो लेगमा पाहुना टोली ईन्टरले क्रिस्टियन ईरिक्सनको गोलबाट खेलमा अग्रता थियो। डेरिस मार्टिन्सले ४१ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। लोरेन्जोको पासमा मार्टिन्सले नापोलीबाट कीर्तिमान गोल गर्न सफल रहे।
मार्टिन्सले नापोलीको जर्सीमा कीर्तिमानी १ सय २२ औं गोल गरेका हुन्। उनले स्लोभाकियाका मारिक हाम्सिकको कीर्तिमानीलाई भंग गर्न सफल रहे।
दोस्रो लेगमा दुवै टोलीले अंक बाँड्न परेपछि नापोलीले पहिलो लेगमा लिएको अग्रताका आधारमा फाईनल प्रवेश गर्न सफल रह्यो।
नापोलीले उपाधिका लागि युभेन्ट्ससंग आगामी बुधबार प्रतिस्पर्धा गर्नेछ। युभेन्ट्सले एसी मिलानलाई हराउँदै कोपा ईटालियाको फाईनल प्रवेश गरिसकेको छ।
नोपोलीले पछिल्लो पटक सन् २०१४ मा प्रतियोगिताको उपाधि उचालेको थियो। एजेन्सी


























