काठमाडौं, जेष्ठ ३२ । शुक्रबारको तुलनामा आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ६५ पैसा तोकिएको छ। एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५१ पैसा तोकिएको छ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ६५ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४१ तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १२ पैसा तोकिएको छ। त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ ३६ पैसा तोकिएको छ।
एक साउदी रियालको खरिददर ३२ रुपैयाँ २६पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४२ पैसा तोकिएको छ। त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय २० रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२ रुपैयाँ १७ पैसा तोकिएको छ। त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर १ सय ३७ रुपैयाँ ६१ पैसा रहेको छ।


























