जेष्ठ ३२ । लियोनल मेस्सीको गोल गरेको खेलमा बार्सिलोनाले ला लिगामा सहज जित निकालेको छ।
शनिबार भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ४–० गोल अन्तरले हराएको हो।
खेलको दोस्रो मिनेटमा अर्तुरो भिडालको हेड गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो।
३७ औं मिनेटमा मार्टिन ब्रेथवेटले बार्सिलोनाको जर्सीमा पहिलो गोल गरे।
जोर्डी अल्बाले ७९ औ मिनेटमा बार्सिलोनालाई ३–० को स्थितीमा पुर्याएका थिए।
दोस्रो हाफको ईन्जुरी समयमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए। मेस्सीले यस सिजन लिगमा २० औं गोल पुरा गरे।
लुईस सुआरेज बैकल्पिक खेलाडीको रुपमा मैदान छिरे। उनी गत जनवरीपछि पहिलो पटक मैदानमा देखिएका हुन्। उनी ईन्जुरी समयमा गोलको नजिक समेत देखिएका थिए। घुँडाको सल्यक्रिया गरेर पहिलो पटक मैदानमा देखिएका सुआरेजले आफ्नो प्रभाव देखाउन सफल रहे।
बार्सिलोनाले लिगमा ५ अंकको अग्रता लिएको छ। उसले २८ खेलबाट ६१ अंक बनाएको छ। मालोर्का २५ अंक सहित रेलिगेशन जोनमा रहेको छ। एजेन्सी


























