काठमाडौं, जेष्ठ ३२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ। बैठक अपराहन्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। सो बैठकमा एमसीसी परियोजनाको विषयमा छलफल हुनेछ।
बैठकमा एमसीसी कार्यदलका सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाइएको छ। उनीहरुलाई यसअघिको सचिवालय बैठकमा पनि आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो।
एमसीसीलाई लिएर नेकपामै विवाद रहँदै आएको छ। आइतबारको बैठकमा एमसीसीलाई लिएर पार्टीमा रहेको विवाद टुंग्याउने प्रयास हुने जनाइएको छ। कार्यदलले नै एमसीसी अहिलेकै रुपमा पारित गर्न नहुने सुझाव दिएपछि नेकपा दबाबमा आएको छ।
Facebook Comments


























