काठमाडौं, जेष्ठ ३१ । नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि मतदान गर्ने संस्थागत निर्णय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक बोलाइएको छ। शनिवार (आज) दिनको साढे १२ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।
भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न ल्याइएको विधेयकमाथि आज प्रतिनिधिसभामा मतदान हुँदैछ।
उक्त विधेयकमाथि मतदान गर्न संस्थागत निर्णय लिन बैठक बोलाइएको काँगेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना संसदहरुलाई ह्वीप लगाइने खाँणले बताए।
Facebook Comments


























