जेष्ठ ३० । कोरोना भाईरसको महामारीबीच सुचारु स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछ।
ला लिगामा शुक्रबार ग्रानडा र गेटाफे तथा भ्यालेन्सिया र लेभान्टेबीच प्रतिस्पर्धा हुँदैछ।
ग्रानडा र गेटाफेबीचको खेल नेपाली समय अनुसार राति सवा ११ बजे सुरु हुनेछ।
घरेलु मैदानमा ग्रानडा जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ। यस्तै गेटाफे घरेलु टोलीलाई हराएर चौंथो स्थानमा उक्लन चाहन्छ।
ग्रानडा ३८ अंक सहित नवौं स्थानमा रहेको छ। ४६ अंक जोडेको गेटाफे पाँचौं स्थानमा रहेको छ।
यस्तै भ्यालेन्सिया र लेभान्टेबीचको खेल राति पौने २ बजे सुरु हुनेछ।
४२ अंक जोडेको भ्यालेन्सिया लिगको सातौं स्थानमा रहेको छ। ३३ अंक जोडेको लेभान्टे १३ औं स्थानमा रहेको छ।
दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ। एजेन्सी
Facebook Comments


























