काठमाडौं, जेष्ठ ३० । सामाजिक सञ्जाल ट्वीटरले झूटा समाचार प्रवाह रोक्नका लागि नयाँ फिचर ल्याएको छ।
कुनै पनि लेखको लिंक रिट्वीट गर्नुअघि पहिला लिंक खोल्नै पर्ने गरी ट्वीटरले नयाँ फिचर ल्याएको हो।
तत्काललाई यो फीचर एन्ड्रोइड प्रयोगकर्तामा मात्र उपलब्ध छ। यसको सफलता र प्रयोगकर्ताको फिडब्याको आधारमा यसलाई थप विस्तारित गर्दै आइओएस तथा अन्य प्लेटफर्ममा पछि उपलब्ध गराउने ट्वीटरले जनाएको छ।
Facebook Comments


























