जेष्ठ ३० । स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले रियल बेटिसमाथि सहज जीत निकालेको छ।
घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले बेटिसलाई २-० ले हरायो।
कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको खेल गएरातिदेखि बन्द रंगशालामा खेलाउन शुरू गरिएको थियो।
खेलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा सेभिल्लाले २ गोल गर्न सफल भयो।
सेभिल्लाका लागि ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पस र ६२ औँ मिनेटमा रिगसले गोल गरेका हुन्।
जीतपछि सेभिल्ला २८ खेलबाट ५० अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ।
Facebook Comments


























