काठमाडौं, जेष्ठ २९ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई कानुनी रुपमै खारेज गर्न माग गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत नेता थापाले सरकारले यस वर्ष एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनबाटै आएको नतिजालाई मान्यता दिने निर्णय सही भएको बताएका छन्। उनले कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण व्यवस्था गर्न माग गर्दै १२ १२ को परीक्षालाई राष्ट्रिय परीक्षाका रुपमा लिन आग्रह गरेका छन्।
‘यस वर्ष एसईई परीक्षा नहुने, सही निर्णय १ कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण हुने व्यवस्था गरौं र अबबाट एसईई कानुनी रूपमा नै खारेज गरौं। कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं। शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ’, सांसद थापाले लेखेका छन्।


























