जेष्ठ २९ । साविक विजेता बायर्न म्युनिख जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको सेमिफाइनलमा आइनट्राख्ट फ्रान्कफुर्टलाई २-१ गोल अन्तरले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो।
बायर्नको जितमा इभान पेरिसिच र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे। फ्रान्कफुर्टका डा कोस्टाले एक गोल फर्काए।
घरेलु मैदानमा खेलको १४ औं मिनेटमा इभानको गोलबाट अग्रता बनाएको थियो। ६९ औं मिनेटमा डा कोस्टाले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा ल्याए।
त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को जित दिलाए। यस सँगै उनले यस सिजन आफ्नो गोल संख्या ४५ पुर्याएका छन्।
बायर्न लगातार तेस्रो सिजन जर्मन कपको फाइनलमा पुगेको हो।
अब उपाधिका लागि बायर्नले बायार लेवरकुसनसँग खेल्नेछ।
बायर्न र लेवरकुसनको फाइनल खेल जुलाई ४ मा बर्लीन ओलम्पिक स्टेडियममा हुनेछ। एजेन्सी


























