काठमाडौं, जेष्ठ २७ । कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले विज्ञप्तिमार्फत थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।
प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दुईजना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नयाँ थपिएका संक्रमितहरु मध्ये सल्यानका १३जना, सुर्खेतका ५ जना र जुम्लाका २ जना छन्।

Facebook Comments


























