काठमाडौं, जेष्ठ २७ । मकवानपुर र गुल्मीमा खोलामा डुवेर एक(एक जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित राप्ति खोलामा डुबेर सोही ठाउँ बस्ने १६ वर्षीया सुनिता सुनुवारको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
उता गुल्मीको गुल्मी दरबार गाउँपालिका १ माझीगाँउ बस्ने ४५ वर्षीय शमशेर माझीको सोही ठाउँस्थित बडिगाड खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ। माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका उनको घटनास्थलदेखि १ किलोमिटर टाढा खोलाको किनारमा उनको शव फेला परेको प्रहरीले जनाएकोछ।
Facebook Comments


























