काठमाडौं, जेष्ठ २५ । विद्युतीय गाडीमा बढाएको कर फिर्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ।
आइतबारको प्रतिनिधिसभा बैठकबा बोल्दै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले विद्युतीय गाडीमा गरिएको करवृद्धि फिर्ता गर्न माग गरेका हुन्।
‘सरकारको यो निर्णय वातावरण संरक्षण हिसाबले प्रतिगमनकारी छ। तीन वर्षभित्र काठमाडौंमा विद्युतीय गाडी हुने घोषणा गरेर नेकपाले मतदाताप्रति बेइमानी गरेको छ,’ सांसद कँडेलले भने।
उनले ५ प्रतिशत इन्धन कटौती गर्न सके १० अर्ब व्यापार घाटा कम हुने बताए।
‘विद्युत उत्पादन बढिरहेको समयमा विद्युतीय गाडीलाई निरुत्साहित गर्नु उत्पादित विद्युत खपत नगर्ने नीति हो,’ उनले भने।
Facebook Comments


























