बाजुरा, जेष्ठ २४ । खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ। यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो। गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए।
झण्डै २५ वर्षदेखि भारतमा बस्दै आउनुभएका उहाँमा दमको रोगसमेत रहेको बुझिएको छ। मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए। रासस
Facebook Comments


























