जेष्ठ २३ । ग्यारेथ बेल स्पेनिस क्लब रियल मड्रिडमै रहन चाहेको उनका एजेन्टले बताएका छन्। एजेन्ट जोनथान बार्नेटका अनुसार बेल इंग्लिस प्रिमियर लिगका कुनै पनि क्लब फर्किन चाहँदैनन्।
उनी आफ्नो खेल जीवन रियल मड्रिडमा टुंग्याउने मनसायमा रहेको बार्नेटले बताए। रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध खराब भएपछि बेल प्रिमियर लिग क्लब फर्किने तयारीमा रहेका खबर आउने गरेका छन्।
गएको समरमा बेल झण्डै चीन गइसकेका थिए। उनको नाम प्रिमियर लिग क्लब टोटनह्याम, न्यूक्यासल युनाइटेडसहितसँग जोडिएको थियो। उनी सन् २०१३ मा कीर्तिमानी मूल्यमा टोटनह्यामबाट रियल मड्रिड गएका हुन्। एजेन्सी
Facebook Comments


























