काठमाडौं, जेष्ठ २२ । बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०४ पैसा तोकिएको छ।
पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ। विश्व अर्थतन्त्रमा कोरोना प्रभाव पर्दा लगानीकर्ताको ध्यान डलरमा गएको हो। विश्व बजारमा पेट्रोलियम पदार्थ, सेयर बजार पनि माथि उठ्न सकेका छैनन्।
साथै, अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ। नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ।
डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यही अनुसार नेपाली मुद्राको अवमूल्यन गर्ने परम्परा छ। अर्थशास्त्रीहरुले आगामी दिनमा अझै अमेरिकी डलरको भाउ बढ्न सक्ने बताउँदै आएका छन्।
Facebook Comments


























