काठमाडौं, जेष्ठ २२ । विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षको चयन अन्तिम चरणमा पुगेको छ। यो प्रतिस्पर्धाका लागि अन्तर्वार्ता दिएका १० जनामध्ये बोर्ड अध्यक्षको अन्तिम उम्मेदवारका रूपमा तीन जना सिनेकर्मी सिफारिसमा परेका छन्। यसरी सिफारिसमा पर्नेहरूमा चलचित्र अभिनेता भुवन केसी, चलचित्र निर्देशकद्वय दयाराम दाहाल र राजेश थापा रहेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत साता अध्यक्ष पदका लागि १० जना सिनेकर्मीसँग अन्तर्वार्ता लिएको थियो। अध्यक्ष पदका लागि खुला आवेदन दिनेहरूको मन्त्रालयले अन्तर्वार्ता लिएको छ। ती १० जनामध्ये अन्तिम निर्णयको उत्कृष्ट तीन जनाको नाम चयन गरेर पठाइएको मन्त्रालयका एक कर्मचारीले बताए।
ती कर्माचारीका अनुसार ७ जेठबाट तीन दिनसम्म यी १० जनाको सिनेकर्मीहरूले अन्तर्वार्तासँगै आफ्नो योजना प्रस्तुत गरेका थिए। सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले उनीहरूको अन्तर्वार्ता लिएको हो। सोही सिफारिस समितिले यी तीन चलचित्रकर्मीको नाम सिफारिस गरेर पठाएको पनि ती कर्मचारीले बताए।
यसरी मन्त्रालयले सिफारिस गरिसकेकाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले यीमध्ये एक जनालाई बोर्ड अध्यक्षमा निर्णय गर्ने पनि उनले जानकारी गराए। सम्भवतः सोमबारसम्म अध्यक्ष चयन हुने सम्भावना रहेको पनि उनले बताएका छन्।
तर, यी तीनमध्ये बोर्डमा को अध्यक्ष हुन्छ भन्नेबारे आफूहरूलाई जानकारी नभएको, मन्त्रालयका तर्फबाट १० जनामध्ये उत्कृष्ट तीनमा परेकालाई सिफारिस गरिएको पनि उनले स्पष्ट पारे। २९ मंसिरमा चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डमा अध्यक्ष पद रिक्त छ। अहिलेको विषम परिस्थितिमा चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि विकास बोर्डमा अध्यक्ष नियुक्ति गर्न आवश्यक छ।
बोर्ड अध्यक्षका लागि आफ्नो नाम सिफारिसमा परेपछि यी तीन सिनेकर्मी अहिले दौडधूपमा छन्। यी तीनै जना सिनेकर्मी आफू बोर्ड अध्यक्षका लागि योग्य र प्रभावशाली भएको बताउँछन्। चलचित्र निर्देशक दयाराम दाहाल अहिले विकास बोर्डका सदस्य हुन्। आफूसँग बोर्डमा काम गरेको अनुभवसँगै चलचित्र क्षेत्रको अढाइ दशक लामो अनुभव रहेको पनि उनले बताएका छन्।
यस्तै, अभिनेता भुवन केसी करिब चार दशकदेखि नायक र निर्माताका रूपमा नेपाली चलचित्र क्षेत्रमा सक्रिए छन्। त्यसैले आफू अध्यक्षका लागि योग्य भएको उनको कथन छ। चलचित्र निर्देशनमा ओस्कार कलेजबाट स्नातक गरेका राजेश थापाले पनि आफू दुई दशक लामो समयदेखि चलचित्रमा सक्रिय रहेको र विभिन्न वृत्तचित्र निर्देशन गरेकाले यो क्षेत्रका लागि योग्य भएको बताएका छन्। उनी यसअघि सांस्कृतिक संस्थानमा चार वर्षसम्म महाप्रबन्धक थिए।
चलचित्र विकास बोर्डमा यसअघि केशव भट्टराई अध्यक्ष थिए। उनको गत मंसिर अन्तिममा निधन भएपछिबाट बोर्डको अध्यक्ष पद खाली रहेको छ। सोही कारण सरकारले बोर्ड अध्यक्षको चयन तयारी गरेको हो।



















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)






