जेष्ठ २० । इन्डोनेसियाले हज गर्न जाने तीर्थयात्रा यो वर्ष रोकेको छ। विश्वभर कोरोना भाइरसको आतंक बढ्दै गएपछि इन्डोनेसियाले हजयात्रा रोकेको हो।
हज यात्राका लागि मक्का मदिनामा विश्वभरबाट सबैभन्दा धेरै इन्डोनेसियाका मुस्लिमहरु धेरै जाने गर्दथे। तर यसपटक भने उक्त हजयात्रा भने रोकिएको छ।
यता, साउदी सरकारले हज र उमराह यात्राको लागि पनि अर्को सूचना नआउन्जेलसम्मको लागि स्थगित गरेको जनाएको छ। तर पनि इन्डोनेसियाबाट हजका लागि भने अधिकांश यात्रीहरु अब जान पाउने छैनन्।
खासगरी हज गर्न इन्डोनेसियाले कोटा सिस्टमा यो वर्ष भने २ लाख जना पाउने थियो। तर इन्डोनेसियाको सरकारी टेलिभिजनमा धार्मिक तथा परराष्ट्रमन्त्री फ्याच्रुल राजी ले भनेका छन्, ‘यो वर्ष हज यात्राको सबै कार्यक्रम ‘क्यान्सिल’ गरेका छौँ।यो वर्ष साँच्चै हजका लागि जान कठिनाइ आइपरेपछि हामी पनि निक्कै दुस्खी भएर पनि यो निर्णय गर्नु परेको छ।’
इन्डोनेसियामा कोरोना भाइरस (कोभिड-१९) का कारण १ हजार ६ सय जनाले ज्यान गुमाइसकेका छन्।


























