मुम्बाई, जेष्ठ २० । अभिनेता सलमान खान कोरोना भाइरसको रोकथामका लागि जारी लकडाउनका कारण मारमा परेकाहरूको सहयोगमा सक्रिय छन्। यही क्रममा हालै उनी मुम्बाईमा भएका रंगकर्मीहरूको सहयोगका लागि अघि बढेका छन्।
लकडाउनका कारण अरु क्षेत्र जस्तै लामो समयदेखि बन्द रहेको रंगमञ्चका कलाकारका लागि सलमानले खानाको व्यवस्था गरिदिएका छन्।
पछिल्लो केही सातादेखि सञ्चालनमा ल्याएको ‘बिङ्ग हंग्री’ नामक २ फुड ट्रकभरि खानेकुरा राखेर ३१ मेमा परेलस्थित दामोदर र श्री शिवाजी मन्दिर नाटकघरमा पठाइएको हो।
लकडाउनभरि सञ्चालन हुने उक्त फुड ट्रकमा सलमानलाई युवा सेना सदस्य राहुल कनाल र शिव सेनाका पार्षद अमय घोलेले सहयोग गरिरहेका छन्।
यो फुड ट्रकका साथै सलमानले हालै मुम्बाई पुलिस डिपार्टमेन्टलाई स्यानिटाइजर सहयोग गरेका थिए। भने चलचित्र क्षेत्रमा काम गर्ने मजदुरहरूको खातामा पैसा जम्मा गरिदिएका थिए। भने मुम्बाईमा फसेका मजदुरहरूलाई घर पठाउन गाडीको व्यवस्था पनि गरिदिएका थिए। (नवभारत टाइम्स)


























