चितवन, जेष्ठ १७ । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख ६६ हजार भन्दा बढी पुगेको छ।
विश्वका ६० लाख ३३ हजारभन्दा बढी कोरोना संक्रमितमध्ये २६ लाख ६१ हजार १ सय ४७ जनाभन्दा बढी उपचारपछि संक्रमणमुक्त भएकाछन् भएका छन्।
विश्वभरको कोरोना संक्रमणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने वेबसाइट वर्ल्डओमिटरको तथ्यांकअनुसार नेपाली समय शनिबार बिहान पौने ११ बजे सम्म कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ६० लाख ३३ हजार ८ सय १४ जना पुगेको छ। तीमध्ये ३ लाख ६६ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ।
यस्तै कोरोना भाइरस संक्रमणबाट बिरामी भएकामध्ये २६ लाख ६१ हजार १ सय ४७ जना संक्रमणमुक्त भइसकेका छन्।
अहिले विश्वमा कोरोनाबाट सबैभन्दा बढी पीडित अमेरिका बनेको छ। जहाँ अहिलेसम्म १७ लाख ९३ हजार ५ सय ३० जना संक्रमित भइसकेका छन् भने तीमध्ये १ लाख ४ हजार ५ सय ४२ जनाको मृत्यु भइसकेको छ।


























