जेष्ठ १७ । ईन्टर मिलानका फरवार्ड मौरो ईकार्डी स्थायी रुपमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बस्न तयार भएका छन्।
पीएसजीमा लोनमा खेलिरहेका ईकार्डी स्थायी रुपमै फ्रान्समा बस्न तयार भएका हुन्।
ईकार्डीलाई फ्रान्समा राख्ने बिषयमा मिलान र पीएसजी समेत सहमत भएका छन्। ईटालियन फरवार्डलाई पेरिसमा राख्न पीएसजीले मिलान क्लबलाई ५० मिलियन डलर दिनेछ।
उनको पीएसजीसंगको सम्झौता मे ३१ म सकिदै थियो। उनी गत सेप्टेम्बरमा लोनमा पीएसजी पुगेका थिए।
अर्जेन्टिनाका अन्तराष्ट्रिय फरवार्ड ईकार्डी मुख्य प्रशिक्षकमा एन्टोनियो कोन्टे आएपछि क्लबबाट बाहिरिएका थिए। तर फ्रान्समा ईकार्डीले राम्रो प्रभाव जनाउन सफल रहे।
उनले यस सिजन सबै प्रतियोगितामा ३१ खेलमा २० गोल गर्न सफल रहे। कोरोनाका कारण फ्रान्सेली लिग रद्ध भईसकेको छ। पीएसजीले च्याम्पियन्स लिगमा चुनौती दिन अझै बाँकी छ। एजेन्सी


























