काठमाडौं, जेष्ठ १६ । नेपालमा अहिलेसम्म २ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यो जानकारी दिएका हुन्।
नेपालमा अहिलेसम्म १ हजार २ सय १२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। नेपालमा ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
Facebook Comments


























