काभ्रे, जेष्ठ १६ । काभ्रेको बनेपा नगरपालिका ७ स्थित रुकेश ठकुरीको घरमा शुक्रबार ग्यास पाइप लिक भएर आगलागी हुँदा ५ जना घाइते भएका छन्।
घरको तेस्रो तलामा रहेको भान्साकोठामा ग्यासको पाइप लिक हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।
आगलागीबाट घरधनी २६ वर्षीय रुकेश ठकुरी, उनकी श्रीमती २४ वर्षीय शोफीया ठकुरी, १८ महिनाकी छोरी रचना ठकुरी, उनका आफन्त १५ वर्षीय आयुश शाह ठकुरी र १४ वर्षीय अनिष शाह ठकुरी घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारार्थ तत्काल बनेपास्थित शीर मेमोरियल अस्पतालमा लगिएको र थप उपचारको लागि काठमाडांैको किर्तिपुर वर्न सेन्टरमा रेफर गरेको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए।
आगलागीबाट भान्साकोठा जलेर पूर्णरुपमा क्षति भएको छ।
Facebook Comments




















