कपिलवस्तु, जेष्ठ १६ । कपिलवस्तुमा कोरोना संक्रमणबाट १५ जना मुक्त भएका छन्।
जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार चारजना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका तीन र शिवराज नगरपालिकाका एकजना रहेका छन्। उनीहरुको कोरोना विषेश अस्पताल दाङमा उपचार भएको थियो।
यससँगै कपिलवस्तुमा संक्रमणमुक्त हुनेको संख्या १५ पुगेको छ। यसअघि कोरोना विषेश अस्पताल धागो कारखानावाट १० जना र तौलिहवा जिल्ला अस्पतालबाट एक जना स्वास्थ्यकर्मी संक्रमणमुक्त भई घर फर्किएका थिए।
कपिलवस्तुमा कोरोना संक्रमण हुनेको संख्या १३६ पुगेको छ। जिल्लाका सबै स्थानीय तहमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
Facebook Comments


























