काठमाडौं, जेष्ठ १६ । पर्यटन क्षेत्रमा कोरोना महामारीका कारण थलिएको नेपाली आन्तरिक हवाई उद्योगका लागि आगामी आर्थिक वर्षको बजेट हालसम्मकै हितकर भएको व्यवसायीले जनाएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्को दुवै सदनमा बिहीबार पेस गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटले चारवटा शुल्क, दस्तुर र कर मिनाहा गरिदिएको छ।
नेपाली वायुसेवा कम्पनीले विमानस्थलमा भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, वायुसेवा सञ्चालन नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पूर्वाधार कर छुट दिइएको खतिवडाले जानकारी दिए। कान्तिपुर दैनिकबाट
Facebook Comments


























