काठमाडौं, जेष्ठ १५ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ छुट्याएको छ।
आगामी आर्थिक वर्षको बजेटमा त्यतिका रकम छुट्याइएको हो। अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य पूर्वाधार निर्माणका लागि १२ अर्ब रुपैयाँ बजेट छुट्याएको बताएका छन्।
उनले एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था गरिएको बताउँदै कोरोना नियन्त्रणमा खटिनेको ५ लाखको जीवन बिमा गरिदिने बताएका छन्।
खतिवडाले स्वास्थ्य बिमा कार्यक्रममा लागि ७ अर्ब रुपैयाँ बजेट छुट्याएको बताएका छन्। सबै स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब रुपैयाँ बिनियोजन गरिएको पनि जानकारी दिएका छन्।
Facebook Comments


























