मकवानपुर, जेष्ठ १५ । यहाँस्थित कैलाश गाउँपालिकाको कार्यालयमा विद्युत सट हुँदा पूर्ण रुपमा जलेर क्षति पुगेको छ। प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरे पनि नसकेपछि कार्यालय जलेर ध्वस्त भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ। जिप्सन, प्लाइले बनेको १८ कोठे भवनमा सोलारको विद्युत प्रयोग गरिँदै आएको थियो। आगो बिहीबार मध्यान्ह सबा १२ बजे देखि लागेको थियो।
Facebook Comments


























