जेष्ठ १५ । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री कैटरीना कैफबीच केही समय चलेको प्रेम सम्बन्ध ‘जग्गा जासूस’ फिल्मको शुटिङपछि ब्रेकअप भएको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ।
उनीहरुको सम्बन्ध विवाहको रुपमा परिणत हुने समेत चर्चा चलेको थियो भने उनीहरु एउटै घरमा समेत बस्न थालेका थिए। तर अन्ततः सम्बन्धमा पूर्णविराम लाग्यो।
उनीहरुको सम्बन्ध किन टुट्यो भन्ने विषयमा लामो समयपछि कैटरीनाले खुलासा गरेक छिन्।
उनले भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा भनेकी छिन्, ‘मलाई लाग्छ कुनै पनि कुराको दुई वटा पाटाहरु हुन्छन्ः सकारात्म र नकारात्मक। म अब आफ्नो विचार र सोचाईको तरिका चिन्न र बुझ्न सक्छु। र म त्यस्तो प्रकारको साथी बनाउन चाहान्न जोसँग निकै धेरै झुकाव महसुस गर्नु परोस्। र चाहिनेभन्दा बढी निर्भर रहनुपर्ने सम्बन्धमा रहन पनि चाहान्न। यो फिल्म उद्योग हो। र यो काम गर्ने ठाउँ हो। कहिलेकाँही व्यक्तिगत जीवन र व्यवसायिक जीवन मेल खान पुग्छ।’
भारतीय सञ्चार माध्यमका अनुसार रणवीर र कैटरीनाले अब कुनै पनि फिल्ममा एक साथ काम गर्ने छैनन्।


























