जेष्ठ १२ । ईन्टर मिलानका फरवार्ड इभान जामोरानोले बार्सिलोनाले स्टार लौटारो मार्टिनेजलाई किन्न नसक्ने बताएको छन्।
अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी मार्टिनेज स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडसंग जोडिएका छन्। उनले यस सिजन मात्र ३३ खेलमा १८ गोल गरेका छन्।
ईन्टर मिलानले मार्टिनेजको विकल्पको रुपमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड ईडिन्सन काभानीलाई अनुबन्ध गर्न खोजिरहेको छ।
तर ईन्टरकै फरवार्ड जामोरानोले मार्टिनेज अर्को सिजन समेत क्लबमै बस्नेमा कुनै शंका नरहेको बताए। उनले कोरोना भाईरसको महामारीले आर्थिक संकटबाट जुग्रिरहेको बार्सिलोनाले मार्टिनेज किन्न नसक्ने बताए।
‘म वास्तवमै चाहन्छु, उनी ईन्टरमै बस्नेछन्। उनी २२ बर्षका युवा छन्। मार्टिनेजको तुलनामा काभानी ११ बर्ष बढी उमेरका छन्। उनलाई अलग अलग क्लबको अनुभव रहेको छ। तर काभानी आउने कुरा दुई खेलाडीको सरुवामा कुनै अर्थ राख्दैन।’ मेक्सिकन मिडियामा उनले भनेका छन्।
‘बार्सिलोनालाई आर्थिक समस्या छ। जसले उसलाई मार्टिनेज अनुबन्धमा अनुमती प्रदान गर्नेछैन। त्यसैले मलाई लाग्छ उनी ईन्टरमै बस्नेछन्। मलाई यसमा कुनै शंका छैन।’ उनले थपे।
‘काभानी सुरु गर्नका लागि एक विकल्प हुन सक्छन्। केही हल्ला पनि छन्, एलेक्सिस साञ्चेज म्यान्चेष्टर फर्कनेछन् र फरवार्ड लाईनमा काभानीले उनको स्थान लिनेछन्।’ जामोरानाले भने। एजेन्सी


























