तनहुँ, जेष्ठ ११ । म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा डेरा गरी बस्ने एक महिलाको घाँस काट्ने क्रममा आज बिहान करेन्ट लागेर मृत्यु भएको छ। भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटका घरमा डेरा गरी बस्ने ५४ वर्षीय सीता राईको मृत्यु भएको हो।
रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागी सख्त घाइते भएकी ती महिलाको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो। शव दमौली अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। रासस
Facebook Comments


























