जेष्ठ ११ । बलिउड अभिनेता किरण कुमार कोरोना संक्रमणको शिकार भएका छन्।
उनमा कुनै लक्षण नदेखिए पनि स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ पाइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
७४ वर्षीय अभिनेता किरणले रिपोर्ट पोजेटिभ आएपछि आफूलाई घरमै क्वारेन्टाइन गरेका छन्। उनी १० दिन यता क्वारेन्टाइनमा रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
यो भन्दा अगाडि बलिउड गायिका कनिका कपूर कोरोना संक्रमणको शिकार भएकी थिइन्।
भारतमा महामारीका कारण अहिलेसम्म ३ हजार ८६९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३१ हजार ९२० जनालाई संक्रमण भएको छ।
त्यस्तै १ जनाको आजै मृत्यु भईसकेको छ भने ४९७ जना नयाँ संक्रमित थपिएका छन्।
भारतमा अहिलेसम्म ५४ हजार ४४१ जना स्वास्थ्योपचार पछि निको भएका छन्। एजेन्सीको सहयोगमा
Facebook Comments


























