काठमाडौं, जेष्ठ ११ । डिल्लीबजार कारागारमा झडप भएको छ। कैदी–कैदीबीच झडप हुँदा कारगारभित्रका सबै सामान तोडफोड भएका छन्।
लकडाउनमा आफन्त भेट्न नआएको र पैसाको अभाव हुँदै गएपछि झडप भएको हुन सक्ने कारागारका प्रहरी निरीक्षक पुरुषोत्तम थपलियाले बताए। प्रहरी निरीक्षक थपलियाका अनुसार अहिले स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ। साथै कारागार परिपरी सिल गरिएको छ।
यसबारे बाँकी विवरण आउँन बाँकी छ।
Facebook Comments


























