हङकङ, जेष्ठ १० । अमेरिकी जलसेनाको एक युद्धपोतबाट मध्यरातमा पनि जहाज खसाउन सकिने ‘लेजर विपन’को परीक्षण गरिएको छ।
अमेरिकी सेनाको प्यासिफिक फ्लिटले सार्वजनिक गरेको भिडिओमा युद्धपोतबाट लेजर विपनको प्रहारमार्फत आकाशमा उडिरहेको कुनै वस्तु ध्वस्त भएको देखिन्छ।
ड्रोन, जहाजलगायतबाट मध्यरातमा हुन सक्ने आक्रमणबाट बच्न उक्त प्रविधि विकास गरिएको अमेरिकी सेनाको भनाइ छ।
उक्त परीक्षणको स्थान अमेरिकी जलसेनाले स्पष्ट खुलाएको छैन। प्रशान्त महासागरमा १६ मेमा परीक्षण गरिएको मात्र बताएको छ।
Facebook Comments


























