काठमाडौं, जेष्ठ ९ । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ।
आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको हो।
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरी सरकारले बुधबार नयाँ नक्सा जारी गरेको छ। सो अनुसार संविधानको अनुसूचीमा रहेको निशाना छापमा रहेको नेपालको नक्सा अद्यावधिक गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ।
प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।
Facebook Comments


























