चीन जेष्ठ ९ । चीनले सुरक्षा सम्बन्धी नयाँ कानुन घोषणा गरेपछि हङ्कङ्का प्रजातान्त्रिक पक्षधरहरुले चिन्ता व्यक्त गरेका छन्। चीनले ल्याएको नयाँ कानुनले हङ्कङको स्वायत्तता कमजोर पार्ने भन्दै अन्तराष्ट्रिय समुदायले पनि चासो राखेका छन्।
चीनको नेशनल पिपुल कंग्रेसले कानुनका बारेमा आज थप छलफल गर्ने चीनिया सञ्चार माध्यमहरुले जनाएका छन्। समर्थकहरुले भने गत वर्ष उब्जिएको राजनितिक विरोध प्रर्दशनलाइ रोक्न कानुनले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
Facebook Comments


























