जेष्ठ ९ । अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मास्क लगाउन बाध्य भएका छन्। ट्रम्पले बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमणको क्रममा केहीबेर मास्क लगाएका हुन्। उनले पत्रकारहरुको नजरबाट भने मास्क लगाएको अवस्थामा आफूलाई देखाएनन्।
मिशिगनको रसनभिलमा रहेको फोर्डको प्लान्टमा ट्रम्प आफ्नो टोलीसँग निरीक्षण भ्रमणमा गएका हुन्। मोटर उत्पादक कम्पनीले हाल कोरोना भाइरसको संकटमा अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गरिरहेको छ।
ट्रम्पले सो भ्रमणको क्रममा केहीबेर मास्क लगाएका हुन्। उनले लगातार मास्क लगाउन अस्वीकार गर्दै आएका थिए। अझै पनि उनी मास्कको विपक्षमा देखिएको छन्।
तर बिहीबार ट्रम्पले बाध्य भएर केहीबेर मास्क लगाएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन्। फोर्डले आफ्ना प्लान्टहरुमा जानका लागि मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम लागु गरेको छ। यस्तै मिशिगनमा राज्यले पनि सार्वजनिक स्थानमा मास्क लगाउनु पर्ने भनेको छ।
फोर्ड कम्पनीले वक्तव्य जारी गरेर कम्पनीका अध्यक्ष बिल फोर्डले राष्ट्रपति ट्रम्पलाई भ्रमणमा आउँदा मास्क लगाउनका लागि प्रोत्साहित गरेको बताएको थियो।
विज्ञले कोरोना भाइरसको संक्रमणबाट जोगिन वा संक्रमण फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने बताए पनि ट्रम्पले अस्वीकार गर्दै आएका छन्। सेन्टर फर डिजिज कन्ट्रोल ९सिडिसी० ले मास्क मास्क लगाउन भने पनि ट्रम्पले मानेका छैनन्।
ट्रम्प र उनका सहयोगीहरुले भने उनले मास्क लगाउन अस्वीकार गर्ने कुराको बचाउ गर्ने गरेका छन्। लगातार परीक्षण भइरहेकाले मास्क लगाउनु आवश्यक नरहेको उनीहरुको तर्क छ।
तर बिहीबार उनले बाध्य भएर मास्क लगाएका हुन्। केहीबेर लगाएको मास्क उनले फुकाले। पत्रकारहरुलाई आफूले मास्क लगाएको देखाउन नचाहेको ट्रम्पले बताएका छन्।


























