काठमाडौं, जेष्ठ ८ । लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्सा जारी गरिएको निर्णयलाई मनिषा कोइरालाले स्वागत गरेपछि भारतीय सञ्चार माध्यमहरुमा उनको तीव्र आलोचना भइरहेको छ।
उनी विरुद्ध बनाइएका सामग्रीहरु भारतीय सञ्चार माध्यमहरुको ट्रेण्डिङमा छ। भारतीय चलचित्र जगतले व्यक्तित्व बनाएकी मनिषाले भारतविरुद्ध नै अभिव्यक्ति दिइएको भनी आलोचना भइरहेको छ।
तर, नेपालमा भने उनको समर्थनका सामग्री ट्रेण्डिङमा छ। सामाजिक सञ्जाल ट्वीटरको टे«ण्डिङमा उनी लगातार एक नम्बरमा रहेकी छन्। ह्यास ट्याग आईएम वीथ मनिषा कोइराला ट्रेण्डिङ नम्बर एकमा छ।
बिहीबार दिउँसो तीन बजेसम्म यो ह्यास ट्यागमा नौ हजार हाराहारीमा ट्वीट भएका छन्। कोइरालाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको ट्वीट रिट्वीट गरी नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन्।
कोइरालाले शान्तिपूर्ण सम्वादबाट यो विषय हल गर्न समेत आग्रह गरेकी छन्। तर, भारतमा भने उनले नेपालको पक्ष लिएको भनी आलोचना भइरहेको छ।


























