काठमाडौं, जेष्ठ ७ । मुख्य सचिव लोकदर्शन रेग्मीले नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका छन्।
सोमबार मन्त्रीपरिषद्ले स्वीकृत गरेको नेपालको नयाँ नक्सा रेग्मीले प्रमाणीकरण गरेसँगै आजै त्यसलाई सार्वजनिक गर्ने तयारी भएको छ।
कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आजै सार्वजनिक गर्ने तयारी गरेको हो।
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल साविकको भन्दा ३३५ वर्गकिलोमिटर थप भएको छ। उक्त भू-भागसँगै नक्सामा नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ।
Facebook Comments


























