जेष्ठ ६ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट खेल दौरान बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।
आईसीसीको क्रिकेट कमिटिले क्रिकेटको दौरान बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
विश्वभर फैलिएको कोरोना भाईरसलाई मध्ये नजर गर्दै थुकबाट कोरोनासहित विभिन्न रोग सर्ने भएको भन्दै अनिल कुम्बले अध्यक्ष रहेको उक्त कमिटिले नियम परिवर्तन गर्ने निर्णय गरेको हो।
कमिटिले प्रतिबन्धसहितको अन्य नयाँ नियम आईसीसीको प्रमुख कार्यकारी कमिटीमा पेश गर्नेछ। जुनमा बस्ने उक्त कमिटिको बैठकले पारित गरेपछि यस नियम लागु हुनेछ।
कोरोनाको महामारी रोकिएपछि सुचारु हुने क्रिकेटमा नयाँ नियम लागु हुनेछ। यस अघि खेलाडीहरूले बल चम्काउन थुक, र्याल तथा पसिनाको सहायता लिदै आएका छन्।
यस्तै पछिल्लो समय थुकलाई विस्थापित गर्न अष्ट्रेलियाको बल निर्माता कम्पनी कोकाबुराले ‘व्याक्स एपिलेटर मैन’ को निर्माण समेत गरिरहेको छ। एजेन्सी


























