काठमाडौं, जेष्ठ ६ । कोरोना भाइरस विरुद्धको अभियानका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री नेपाली सेनाले चीनबाट ल्याएको छ।
जीटूजी मार्फत स्वास्थ्य सामग्री चीनबाट ल्याउने जिम्मा पाएको नेपाली सेनाले नेपाल एयरलाइन्सको चार्टर्ड विमान मार्फत मंगलबार बिहान सामान ल्याएको हो।
सामान लिनका लागि सोमबार बेलुका गएको विमान मंलबार बिहान आएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन्। चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो।
त्यस अन्तर्गत पहिलो विमानमा मंगलबार १८ हजार ९७१ किलो सामान ल्याइएको हो। ग्लोब्स, मास्क, फेस मास्क, गाउनसहितका व्यक्तिगत सुरक्षात्मक सामग्री ९पीपीई० र अरु अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइएको हो।
यसअघि शनिबार स्थलमार्ग हुँदै ल्याइएको सामान काठमाडौँ आइपुगेको थियो।
Facebook Comments


























