जेष्ठ ६ । युभेन्ट्सले डिफेन्डर म्याथिज डी लिटका लागि बार्सिलोनाले राखेको ६६ मिलियन पाउण्डको प्रस्ताव अस्विकार गरेको छ।
डी लिटलाई बार्सिलोनाले लामो समयको लक्ष्यको रुपमा राखेको छ। स्पेनिस क्लब गत समरमा उनलाई अनुबन्ध गर्न असफल रहेको थियो।
बार्सिलोनाको प्रस्ताव अस्विकार गर्दै उनी गत सिजन ईटालियन च्याम्पियन युभेन्ट्स आएका थिए। सोही मुल्य राखेर बार्सिलोनाले पुन युभेन्ट्सलाई डी लिट लैजाने प्रस्ताव राखेको हो।
पहिलो सिजन डी लिटका लागि सिरि ए क्लबको बसाई सुखद रहन सकेन। उनी लयमै देखिन निकै संघर्ष गर्नुपरेको छ। तर उनी टुरिन क्लबमै आफु जम्न चाहन्छन्।
२० बर्षिया डिफेन्डर गर्लफ्रेन्ड सहित ईटालीमा रहेका छन्। उनी टुरिन क्लबमै लामो समय बिताउन चाहन्छन्। ईटालीमा लामो समय बस्न उनले तयारी समेत गरेका छन्।
स्पेनिस क्लब बार्सिलोना र युभेन्ट्सबीच राम्रो सम्बन्ध छ। तर तत्काल युभेन्ट्स डी लिटलाई स्पेनमा बेच्न चाहदैन। डी लिटलाई युभेन्ट्सको भविष्यको रुपमा हेरिदै आईएको छ।
पछिल्लो दशक लियोनार्दो बोनुची र जर्जियो चिलिनीले युभेन्ट्सको डिफेन्सको जग हालेका थिए। डी लिटको नेतृत्वमा युभेन्ट्सले सोही आश राखेको छ।
मुख्य फुटबल अधिकारी फाबियो पाराटिसीका अनुसार क्लब डी लिटलाई दिर्घकालिन परियोजनाको रुपमा अघि बढाउन चाहन्छ। उनका अनुसार युभेन्ट्स डी लिटलाई यस अवस्थामा बाहिर पठाउने कुनै ईच्छा राख्दैन। एजेन्सी


























